
त्रिशूली । नुवाकोटको बिदुर नगरपालिकाभित्रको विभिन्न चार वटा योजनाको लागी भौतिक संरचना निर्माण गर्न २० करोड रुपैयाँ हाराहारीको बजेट सुनिश्चित भएको छ ।

बिदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको पहलले सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयबाट कार्यक्रम सञ्चालन हुने गरी २० करोड रुपैयाँ हारहारीको बजेट कार्यान्वयनको लागि नगरभित्रका चारवटा योजना छनोटमा परेको हो ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत योजनाहरू छनोट गर्नको लागि विदुर नगरपालिकाको तर्फबाट नगर प्रमुख राजन श्रेष्ठको निरन्तर पहलबाट नगरभित्र चारवटा योजनाहरू कार्यान्वयन गर्नको लागि बजेट सुनिश्चित बनेको छ ।

बिदुर नगरपालिका र सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयबीच भएको समझदारी अनुसार विदुर नगरपालिकाभित्र सडकको स्तरउन्नति गर्न, किसानहरूको लागि तरकारी तथा फलफुल एंव कृषि उपज सामग्रीहरु संकलन र विक्रिको लागि हाट बजार निर्माण गर्न र वडा नं १३ को वडा कार्यालयको भवन निर्माण गर्न बजेट सुनिश्चित भएको हो ।
सघन सहरी विकास कार्यक्रम मार्फत विदुर-५ देवीघाट स्थित बाँणाचौतारोबाट केन्द्रीय कारागार खम्पाक्याम्पसम्म जाने सडकको स्तरउन्नतिसहित कालोपत्र गरिने भएको छ ।

यस्तै, बिदुर नगरपालिका वडा नम्बर ४ हावाघरमा हाटबजार निर्माण गर्नको लागि सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरिनेछ भने बिदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको पृथ्वी स्मारक पार्क निर्माण कार्य अगाडि बढाइने दुइपक्षबीच समझदारी भएको छ यस्तै, विदुर नगरपालिका वडा नम्बर १३ मा रहेको वडा कार्यालयको भवन हाल जीर्ण अवस्थामा रहेकाले वडा कार्यालयको भवन निर्माण गरिने भएको ।

नुवाकोटको विदुरमा सघन शहरी विकास कार्यक्रम छनोट हुन संघीय सरकारका निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महत र बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको पहलमा बजेट सुनिश्चित सफल भएको हो ।
सघन सहरी विकास कार्यक्रममा योजनाहरू छनोट भएसँगै उक्त योजना कार्यान्वयनको लागि विदुर नगरपालिकाको तर्फबाट नगरप्रमुख राजन श्रेष्ठ सहित उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाका वडाध्यक्षहरु , आयोजनाको कार्यालयबाट प्रमुख विदुर खड्का सहित प्राविधिकहरू र एंव नगरको प्राविधिकहरूको टोलीले कार्यान्वयन गर्ने योजनाहरुको शुक्रबार स्थलगत अवलोकन गरिएको छ ।
19.01¡ÆC