एम्बुलेन्सबाट ५२ किलो गाँजा बरामद

फाल्गुन १३, २०८० मा प्रकाशित | 194 views


काठमाडौँ । धनकुटाको भेडेटारमा एम्बुलेन्समा राखेर लैजाँदै गरिएको अवस्थामा ५२ किलोग्राम गाँजा फेला परेको छ । साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले एम्बुलेन्स चालक विराटनगर महानगरपालिका ८ का ४८ वर्षीय जयदेव चेललाई नियन्त्रणमा लिएको छ । झापाको हल्दिबारी सेवा समाजको नाममा रहेको उक्त एम्बुलेन्स विराटनगरस्थित नोबेल अस्पतालबाट साँगुरीगढी गाउँपालिका–३ मा बिरामी लिएर आएको जनाइएको छ ।

बिरामी पुर्‍याएर फर्कने क्रममा गाँजा बोकेर लैजाँदै गरेको इलाका प्रहरी कार्यालयका प्रमुख जीवन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web