खोप अभियान सफल पार्न रसुवाका स्वास्थ्यकर्मी क्रियाशील

फाल्गुन १२, २०८० मा प्रकाशित | 255 views


रसुवा । यही फागुन १३ गते आइतबारदेखि देशभरका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्वको खोप लगाइँदैछ । रसुवामा पनि उक्त अभियानलाई सफल पार्न स्थानीय निकाय र स्वास्थ्यकर्मीहरु सक्रियताका साथ लागेका छन् ।

‘भ्याक्सिन’ अभियान सफल पार्न सबै स्थानीय तहका अधिकारीका साथै स्वास्थ्यकर्मीहरु परिचालन भएका छन् । जिल्लाको तापक्रमअनुसार भ्याक्सिन व्यवस्थापन एवं ढुवानी गरिएको जनस्वास्थ्य प्रमुखले बताउनुभयो ।

यही फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने दादुराविरुद्वको खोप अभियानअन्तर्गत स्थानीय सरकारको सुझावमा तय गरिएका ५४ खोप केन्द्रबाट तीन हजार पाँच सय बालबालिकालाई खोप लगाइने कार्यक्रम छ ।

आगामी सन् २०२६ देखि दादुरा उन्मूलनको घोषणा गर्ने लक्ष्य रहेकाले यस वर्षको खोप अभियानमा अनिवार्यरूपले आ–आफ्ना बालबालिकालाई सहभागी गराउन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web