राष्ट्रपति रनिङ शिल्डको झण्डा विदुरले पञ्चकन्यालाई हस्तान्तरण गर्यो

फाल्गुन १०, २०८० मा प्रकाशित | 343 views


बट्टार । तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्दै विदुर नगरपालिकाले पञ्चकन्या गाँउपालिकालाई झण्डा हस्तान्तरण गरेको छ । बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा बिहीबार आयोजित समापन कार्यक्रममा विदुर नगरपालिकाको तर्फबाट नगर खेलकुद विकास समितिका अध्यक्ष अच्युतराज महन्तगिरीले पञ्चकन्या गाँउपालिकाको अध्यक्ष तेजबहादुर तामाङ (रमेश)लाई झण्डा हस्तान्तरण गर्नुभएको हो ।

१३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सफतापूर्वक सम्पन्न गर्दै प्रतियोगिताको सहआयोजक विदुर नगरपालिकाको तर्फबाट नगर खेलकुद विकास समितिका अध्यक्ष अच्युतराज गिरीले प्रतियोगिताको झण्डा १४ औँ प्रतियोगिताको सहआयोजकको रुपमा जिम्मेवारी लिन लागेको पञ्चकन्या गाँउपालिकाको लागी अध्यक्ष तेजबहादुर तामाङ (रमेश)लाई हस्तान्तरण गर्नुभयो । मंगलबारदेखि सुरु भएको नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।

समापन कार्यक्रममा पूर्व कृषि विकास राज्य मन्त्री तथा बागमती प्रदेसका उपसभामुख एंव बागमति प्रदेससभा सदस्य राधिका तामाङले खेल क्षेत्रको विकासको लागी आवश्यक सहयोग र सहजिकरणको प्रतिबद्धता जनाउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यालयबाट खेलाडी छनोटको लागी सुर्वण अवसर र खेलाडी उत्पादनको नर्सरी भएकाले प्रतियोगितालाई सबैले महत्व दिएर आगामी दिनमा थप प्रभावकारी बनाउन सुझाब दिनुभयो ।

विवादको कारण प्रतियोगितामा पहिलो र दोश्रो हुने पालिकाको नाम सार्वजनिक गर्न बाँकी छ । खेलाडी माथी परेको दाबी बिरोधको छानबिन बाँकी रहेकाले सर्वाधिक पदक बिजेता र उपबिजेता घोषणा हुन बाँकी रहेको बताइएको छ ।

प्रतियोगिताको उपाधी बिजेताहरुको विवरणको लागी यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web