नेशनल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद दुवै दिने

फाल्गुन १०, २०८० मा प्रकाशित | 443 views

नेशनल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद दुवै दिने

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी (एक अर्ब ८ करोड ४२ लाख ६ हजार २१९ रुपैयाँ) को १५ प्रतिशत हुन आउने (१६ करोड २६ लाख ३० हजार ९३२ रुपैयाँ) रकम लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले घोषणा गरेको लाभांशमध्ये ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण गरिनेनेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गरेको सूचनामा भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web