
नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले पालिका अन्तर्गत वडा नम्बर २ र ३ मा भैरहेको सडक कालोपत्रे र ढलान कार्यको अध्ययन, अवलोकन गरि कार्यप्रगतीको विवरण लिनुभएको छ ।

हिजो कालोपत्रे हुँदै गरेको तारुकाघाटदेखि जोरचौतारा हुँदै काउले, कोलडाँडा-आरुबोटे र बदेलीदेखि झप्री सडक खण्ड अन्तर्गतको कालोपत्रे र ढलान कार्यको अवलोकन गरि कार्यप्रगतीबारे जानकारी लिनुभएको हो ।

यस्तै ढोडबेसिदेखि कटुवाचौतारा हुँदै उपल्टि सडकखण्डको ठाउँठाउँमा ढलान गर्ने कार्यको पनि अवलोकन गर्नुभएको हो ।

यस्तै हिजो नै उहाँले पालिकामा हुँदै गरेको सोलार बत्ती जडान कार्यको पनि निरीक्षण गर्नुभएको थियो ।

19.19¡ÆC