नुवाकोट महोत्सवमा बेलकोटगढीको किसानको केरा र तरुल आकर्षण

फाल्गुन १, २०८० मा प्रकाशित
Published at 2024-02-13

386 views

विदुर । विदुरमा जारी रहेको आठौँ नुवाकोट महोत्सवमा जिल्लाको बेलकोटगढी नगरपालिका भित्रका विभिन्न स्थानका किसानले उत्पादन गरेको कृषि उपज सामाग्रिको आकर्षण र लोकप्रियता धेरै भइरहेको छ । महोत्सवमा प्रवेश गरेपछि दायाँ तिरको स्टल नं. २१० मा राखिएको बेलकोटगढी नगरपालिकाको किसानको केराको घरी, तरुल, आलू लगायतका कृषि उब्जनीले अवलोकनकर्ताको ध्यान तानेको हो ।

बेलकोटगढी नगरपालिका वडा नं १२ का किसान गोविन्द भट्टको केराको घरी प्रदर्शनीमा राखिएको छ । नुवाकोट महोत्सवको अवसर बनाएर मदानपुरका गोविन्द भट्टको केराबारीमा उत्पादन भएको ठुलो र लामो घरी केरा प्रदर्शनीमा राखिएकोमा धेरैको ध्यान तानेको छ । उहाँको बारिमा उत्पादन भएका केराको घरीमा २० हाता रहेका छन् । उहाँले फलाएको ठूलो घरी केरा र करीब आधा किलो हाराहारीको आलुले धेरैको मन जितेको छ ।

त्यसैगरी,बेलकोटगढी नगरपालिका वडा नंं १० बेलकोटका किसान पबन पौडेलले उत्पादन गरेको ७ फिट लामो तरुलले धेरैलाई लोभ्याएको छ । रुखको जरा जस्तै सिधा लामो रहेको, खन्दा कहीकतै चोट नलागेको तरुल कसरी खन्न सकिएको होला भनेर दशर्कले किसानको मिहनतको खुलेर प्रशंसा गरेका छन् ।

कार्यक्रमको उद्घाटनको दिन माघ २६ गते शुक्रबार र माघ २९ गते सोमबार महोत्सवमा विशेष अतिथीको रुपमा सहभागी हुनुभएका नगरप्रमुख जगतबहादुर गुरुङले समेत बेलकोटगढीको कृषि उपज र किसानको मिहनेतको उच्च प्रशंसा गर्नुभएको छ ।

बेलकोटगढीको किसानको उत्पादन राखिएको स्टल नं. २१० मा किसानको उत्पादनको बारेमा अवलोकनकर्तालाई जानकारी गराउन आफै सक्रिय रुपमा लाग्नुभएको नगरप्रमुख गुरुङले अझै थप किसान प्रोत्साहनको कार्यक्रम ल्याउन नगर प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा किसानमुखी बजेटलाई प्राथमिकता दिने उहाँले बताउनुभएको हो । नगरका किसानको प्रोत्साहनमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको भन्दै अवलोकनकर्ताले नगरप्रमुख गुरुङलाई किसानको पक्षमा देखाएको सद्भावले नगरप्रमुखको प्रशंसा गरेका छन् ।

केरा, आलु, तरुल सगैँ बेलकोटगढी नगरपालिका वडा नं. ११ नं किसान जनार्दन तिवारीको अलैँचीको बोटको प्रदर्शनी रुचाउने पनि धेरै देखिएका छन् । धेरैलाई अलैचीको रुख हुन्छ होला भन्ने सोचेकाहरुले यस्तो रुखमा पो फल्ने हो भन्दै चासो राख्ने गरेको नगरपालिकाको स्टलमा अवलोकनकर्तालाई जानकारी गराउन व्यस्त हुनुभएका कर्मचारी सम्झना बजगाईले जानकारी दिनुभयो ।

महोत्सव अवलोकन गर्न पुग्नेलाई उहाँले बेलकोटगढी नगरपालिकाको भूगोल सम्बन्धि जानकारी, कुन कुन स्थानका किसानले क कस्तो कृषि उब्जनी फलाउछन्, नगरको तर्फबाट किसानले पुराउदै आर्थिको आर्थिक, प्राविधिक तथा अनुदानका सहयोगका कार्यक्रमको बारेमा जानकारी दिन नै भ्याईनभ्याई भइरहेको छ ।

बेलकोटगढी नगरपालिकाको स्टलमा वडा नं. नंं ११ का किसान विकास ढकालले फलाउनुभएको मुला, वडा नं. ७ का किसान कमल लामाले फलाएको कन्य च्याउ लगायतमा किसानले पौरखलाई अवलोकनकर्ताले रुची देखाएको हो ।


बेलकोटगढी नगरपालिका सहित जिल्लाको विदुर, किस्पाङ, म्यागङ, लिखु, तारकेश्वर, सूर्यगढी, तादी, ककनी, पञ्चकन्या लगायतका किसानको स्थानीय उत्पादनहरु नै मुख्य आकर्षणको रुपमा रहेका छन् ।

महोत्सव आयोजक नुवाकोट उद्योग बाणिज्य संघले जिल्लाको किसान तथा उद्यमीहरुको मिहेनत, परिश्रम र पौरखको प्रशंसा र सम्मान के कति गर्ला तर, दर्शक–अवलोकनकर्ताले भन्ने खुलेर प्रशंसा गरेका छन् ।

तस्वीर सौजन्य : सम्झना बजगाई, बेलकोटगढी नगरपालिका ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.