रसुवामा मत्ति सीको नेतृत्वमा ३५ सदस्यीय अखिल (क्रान्तिकारी)को जिल्ला समिति गठन

माघ २९, २०८० मा प्रकाशित | 375 views


कालिकास्थान । अखिल (क्रान्तिकारी) जिल्ला समिति रसुवाको प्रथम जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सोमबार सम्पन्न भएको छ ।कालिकास्थान मा सम्पन्न सम्मेलनको बन्दसत्रले मत्ति सीको अध्यक्षतामा ३५सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।

 

सम्मेलनको सम्बोधन सहित नवनिर्वाचित समितिलाई वधाई दिदै कार्यक्रमका प्रमुख अतिथि अखिल (क्रान्तिकारी )केन्द्रीय कार्यलय सदस्य तथा बागमती कमान्ड ईन्चार्ज मदन सिले अबको बिधर्थि आन्दोलन हाक्ने र देश निमार्ण गर्ने प्रमुख दायित्व नवनिर्वाचित विधर्थिहरुको काँधमा आएको बताए शिक्षा व्यक्तिगत विषय होइन, सामूहिक व्यवहार, प्रयोग र अनुसन्धानबाट संश्लेषित ज्ञान हो , शिक्षा व्यापारको वस्तु होइन, जनताको अधिकार हो , हरेक नागरिकलाई शिक्षाको समान अवसर प्रदान गरिनु पर्छ तेसैले शिक्षामा हुने निजीकरण, व्यापारीकरण खारेज गर्न आबशेक छ ।

अन्य संगठनको तुलनामा विद्यार्थीका मुद्धा बलियो रुपमा उठाएको दाबी गर्दै केन्द्रीय समितिको गति अनुसार नै जिल्ला समितिलाई पनि अघि बढ्न र त्यो जिम्मेवारी अग्रमोर्चामा रहेर पुरा गर्न नयाँ कार्यसमितिलाई निर्देशन का साथ शुभकामना समेत दिए।

बिशेश अतिथि नेपाल कम्युनिस्ट पाटि का केद्रिय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सागर सीले आजको राजनीतिक संकट र शैक्षिक बिसंगती र ब्यापारीकरण को अन्त्य र जिल्लामा देखिएका सामाजिक आर्थिक समस्या र माओवादी नेतृत्वमा देखिएको बिचल्लन्ताले आन्दोलन सकिन थालेको जस्तो देखिए पनि जिल्लाको मुख्य समस्या भनेको बिदेश पलायन रहेको र तत्काल युवालाई देशमा रोजगारी सृजना गर्नुपर्ने, मिटर ब्याजि , लघुवित्त सहकारी ठगीको अन्तय हुनुपर्ने, गुण स्थर शिक्षा हुनु पर्ने बताएका थिए|

नवनिर्वाचित जिल्ला कार्यसमितिलाई संगठनका केन्द्रीय कार्यालय सदस्यसमेत रहेका बागमती कमाण्ड इन्चार्ज मदन सीले पद तथा गोपनियताको सपथ ग्रहन गराए साथै उक्त कार्यक्रमका अतिथि अखिल (क्रन्तिकारि ) का केन्द्रिय सद्स्य तथा पश्चिम ताम्सालिंङ व्यूरो इन्चार्ज मेघेन्द्र सिले प्यानल प्रस्ताव राख्नुका साथै बधाइ मन्तव्य समेत राखेका थिए|

सम्मेलनका अतिथि अखिल (क्रन्तिकारि ) का केन्द्रिय सद्स्य तथा नुवाकोट /रसुवा अभियान इन्चार्ज रोजि सि, नेकपा रसुवा जिल्ला सद्स्य निमा सी , ह्वाङडा सी , लाप्पा सी , लगायतका अतिथिले स्वागत तथा शुभकामनाका का मन्तव्य राखेका थिए उक्त कार्यक्रम को सन्चालन मत्ति तामाङ्ले गरेका थिए|

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web