त्रिशूली । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सवको अवलोकनकर्तालालाई दूध र अण्डा निःशुल्क उपलब्ध गराइएको छ ।
महोत्सव आयोजक नुवाकोट उद्योग बाणिज्य संघको आग्रह अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराइरहेको हो ।
शुक्रबारदेखि सुरु भएको महोत्सव भित्र स्टल राखेर अवलोकनकर्तालाई एक कप दूध र एक–एक वटा उसिनेको अण्डा वितरण भइरहेका विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार मेला–महोत्सवलाई सहयोग पु¥याउन कार्यालयलाई प्राप्त बजेटमा अन्य निकायसंगको सहकार्यमा महोत्सव हेर्न पुग्ने अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराइएको हो ।
“विगतका वर्षमा मेला आयोजकलाई एकमुष्ट नगद सहयोग गर्ने गरिएको थियो ।” पशु विकास अधिकृत पाण्डेले भन्नुभयो “सहयोग गरिएको रकम लक्ष्य अनुसार खर्च गराउन चुनौती देखिएपछि महोत्सव अवलोकनकर्तालाई दूध र अण्डाको नियमित सेवनको महत्वको प्रचार सहित निःशुल्क उपलब्ध गराउन थालिएको हो ।”
प्रारम्भिक अध्ययनमा दैनिक दुईसय पचास लिटर दूध र पाच हजार गोटा हजार अण्डा लाग्ने देखिएको छ । मेला अवधिभरको लागी दूध र अण्डा निःशुल्क पु¥याउन कार्यालयको बजेट अपुग हुने भएकाले सहयोगी निकायसंगको सहकार्यबाट त्यसको सम्बोधन गर्न पहल भइरहेको विज्ञ केन्द्रका प्रमुख डा.रामप्रकाश प्रधानले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार उद्घाटन गरेर सुरु भएको आठौँ नुवाकोट महोत्सव आगामी फागुन ७ गतेसम्म चल्ने आयोजक नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
‘ऐतिहासिक, धार्मिक, कृषि, पर्यटन व्यवसाय र कला सँस्कृतिको विकास : नुवाकोट सस्कृतिको निकास’ भन्ने नारा सहित जारी महोत्सवले जिल्लाको किसानले उत्पादन गरेका कृषि उब्जनीको विक्री तथा प्रदर्शनी, धार्मिक र साँस्कृतिक स्थल तथा सम्पदाको प्रचारप्रसारमा जोड दिन केन्द्रित गरिएको छ ।
रामहरि न्यौपाने, रेडियो चिम्टेश्वर ।।