सूर्यगढीमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा

माघ २५, २०८० मा प्रकाशित | 693 views


नुवाकोटको सूर्यगढी गाँउपालिकाको चोगदेमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा र तिलगंगा आँखा प्रतिष्ठानसंगको सहकार्यमा विदुरमा सञ्चालनमा रहेको जिल्ला सामुदायिक आँखा केन्द्रसंगको समन्वयमा चोगदे बजारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

केन्द्रको बिहीबार गाँउपालिकाको अध्यक्ष सन्तबहादुर घलेले उद्घाटन गर्दै सूर्यगढी गाँउपालिकामा ग्रामीण क्षेत्र पर्ने भएकाले आँखाको बिरामी भएका पालिकाबासीलाई उपचार गर्न निकै सहज हुने बताउनुभयो ।


उहाँले केन्द्र सञ्चालनको लागी आवश्यक सहयोगको प्रतिबद्धता जनाउदै आँखाको बिरामी भएका पालिकाबासीलाई उपचारको लागी जिल्ला सदरमुकाम विदुर लगायतका टाढाको स्थानमा जानुपर्ने यसअघिको समस्या अब अन्त्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।


केन्द्र स्थापनाको लागी रेडक्रस नुवाकोट शाखाको उपसभापति सुशीला चित्रकार, मन्त्री उद्धव शर्मा रिजाल, कोषाध्यक्ष नवराज सुवेदी सहितको कार्यसमितिका सदस्यहरु, रेडक्रस जिल्ला कार्यालयका प्रमुख समुन्द्रबाबु अधिकारी, सामुदायिक आँखा केन्द्रका प्रमुख ताराबहादुर वाइवा लगायतको सहभागिता रहेको थियो ।

केन्द्र मार्फत प्रवाह हुने सेवाको लागी दक्ष जनशक्ति सहित गुणस्तरीय उपकरणको प्रबन्ध भएकाले सामुदायिक आँखा केन्द्र विदुरबाट प्रवाह भएको सो सरहको सेवा पाइने सामुदायिक आँखा केन्द्रका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web