निर्माणाधीन रङ्गशालाको ७० प्रतिशत लागत बागमती प्रदेशले बेहोर्ने

माघ २४, २०८० मा प्रकाशित
Published at 2024-02-07

70 views

काठमाडौँ । चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत लागत बाग्मती प्रदेश सरकारले बेहोर्ने भएको छ ।

बाग्मती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारले ७० प्रतिशत बजेट विनियोजन गर्ने बताउनुभएको हो । यस्तै उहाँले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई पनि रङ्गशालामा बजेट पार्ने विश्वास दिलाउनुभयो ।

देशकै गौरवको आयोजना प्रदेशमा भएकाले यसलाई पूरा गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउँदै मन्त्री लामाले भन्नुभयो, ‘रङ्गशाला निर्माणमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चित गरेरै अघि बढ्छौँ । ढुक्क हुनुस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.