बृहत् बीउ उत्पादन कार्यक्रम गर्दै नार्क

माघ २३, २०८० 2024-02-06 मा प्रकाशित
Published at 2024-02-06

135 views

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले बृहत् बीउ उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

धान/चामलको आयात घटाउन चैते धानको क्षेत्र विस्तार गर्ने तथा अरु धानका जात र बीउको उत्पादन पनि बढाउने सरकारको मुख्य उद्देश्य छ ।

सरकारको उद्देश्य अनुसार गुणस्तरीय प्रजनन र मूल बीउ उत्पादनको बृहत् परियोजना लागू गरी बीउको माग पूरा गर्ने तयारी थालिएको नार्कले जनाएको छ ।

यस्तैगरी मकै र गहुँका उन्नत प्रविधि विकास र विस्तारको योजना पनि लागू गरी आत्मनिर्भर अभियानमा सघाउ पुर्याउने नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि रुपान्तरणकारी परियोजनाहरु सञ्चालन हुनेछन् ।

नार्कका कार्यकारी निर्देशक भट्टराईका अनुसार आउँदा वर्षहरुमा नार्कको बृहत् बीउ उत्पादन कार्यक्रमबाट खाद्यान्न र तरकारीको आयात घटाउन पनि सहयोग पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.