
त्रिशूली, नुवाकोट । अर्थमन्त्री डा.प्रकाशरण महतले आर्थिक परिवर्तनको लागी शिक्षाको विकास मुख्य मेरुदण्ड रहेको बताउनुभएको छ ।
आज नुवाकोटको दुप्चेश्वर गाँउपालिका–२ स्थित बिरेन्द्र माध्यमिक विद्यालयको ३५औँ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै रोजगारको सिर्जना सहित आर्थिक उपार्जनको लागी शिक्षा नै पहिलो आधार रहेको बताउनुभएको हो ।
“विकासको लागी पूर्वाधार निर्माण सहित दैनिक जीवनयापनको सहजता भएपनि त्यो भन्दा ठूलो शिक्षाको विकास नै सबैभन्दा शक्तिशाली माध्यम हो ।” अर्थमन्त्री महतले भन्नुभयो “आम्दानीको श्रोत बढाउन, बचत गर्न र भविष्य कसरी उज्वल बनाउन सकिन्छ भन्ने मुख्य बाटो नै शिक्षाले देखाउछ ।”
व्यवस्थित सडक, खानेपानी, सिचाई कुलो, स्वास्थ्य सेवा सबै विकासको सूचक भएकाले त्यसलाई शिक्षाको माध्यमबाट दक्ष बनाई उपयोगी र रोजगारमुखी बनाउन सरकारले शिक्षाको गुणस्तरमा जोड दिएकाले सोही अनुसार लाग्न उहाँले अभिभावक र विद्यालय प्रशासनलाई आग्रह गर्नुभयो ।
“भागबण्डा गर्न र नपर्ने र अरुले चोरी समेत गर्न नसक्ने हुदाँ सिप र शिक्षा सबैभन्दा ठूलो सम्पति हो ।” अर्थमन्त्री महतले भन्नुभयो “पढाईमा गरेको लगानी खेर जादैन । प्रतिफल मिल्छ । समय अनुसार प्रविधिमैत्री र प्राविधिक शिक्षामा केन्द्रित हुनुपर्छ ।”

उमेर अनुसार शिक्षा लिन नपाएकालाई राज्यले रोजगारको सिर्जनाको लागी तालीम दिएर दक्ष जनशक्ति बनाउन लागिएको उहाँले बताउनुभयो ।
होटल र होमस्टेका विभिन्न विधाका सिप सिकाउनेदेखि विद्युतीय सामाग्रि ममर्त लगायतका मागमा आधारित तालीमबाट रोजगारको सिर्जना गर्न शिक्षा र सिपमा सरकारले नयाँ योजना बनाएर आवश्यकता अनुसार बजेट उपलब्ध गराउने उहाँको भनाई छ ।
22.12¡ÆC