
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ ।
कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाण्डाै महानगरपालिकाको प्राविधिक टोली जग्गाको सीमाङ्कनसहित खोजी कार्यमा जुटेको छ ।
कोषका प्रवक्ता रेवतीरवण अधिकारीले अस्ति शुक्रवारदेखि महानगरको प्राविधिक टोलीको सहयोगमा जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमाङ्कनसहित खोजी कार्य शुरु गरेको बताउनुभयो ।
एक/दुई दिनमा सीमाङ्कन र जग्गा खोजीकाे काम सकेर त्यस्ता संरचनालाई भत्काइने उहाँको भनाइ छ ।
20.19¡ÆC