राष्ट्रिय सभा चुनावमा आज रातिदेखि मौन अवधि

माघ ८, २०८० मा प्रकाशित
Published at 2024-01-22

90 views

काठमाडौँ । राष्ट्रिय सभा सदस्य चुनावका लागि भरे राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ ।

निर्वाचन आयोगले विज्ञप्ति निकालेर भरे रातिदेखि मतदान नसकुन्जेलसम्म उम्मेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न, चुनावसम्बन्धी भेला–गोष्ठीलगायतका काम गर्न नपाइने जनाएको छ ।

आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्य पदका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । यस चुनावबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि फागुन २१ गतेदेखि ६ वर्षसम्म रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.