हरित हाइड्रोजन उत्पादन र प्रयोगको बाटो खुल्यो

माघ ४, २०८० मा प्रकाशित | 246 views

काठमाडौँ । नेपालमा हरित अर्थात् ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्ने बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकले ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाउने नीति पारित गरेको हो ।

विश्वमा आधुनिक हरित ऊर्जाको रुपमा विकास भइरहेको ‘ग्रीन हाइड्रोजन’ लाई नेपालमा पनि प्रयोगमा ल्याउने गरी २०७८ मंसिरदेखि नै यसको नीति बनाउने प्रक्रिया शुरु भएको थियो । भारतमा हाइड्रोजनबाट बस सञ्चालनका साथै खाना पकाउने इन्धनको रुपमा पनि हाइड्रोजन ऊर्जाको प्रयोग शुरु भइसकेको छ ।

नेपालमा पनि खाना पकाउन र गाडी चलाउनका लागि हाइड्रोजन ऊर्जा प्रयोगमा ल्याउन सकिने काठमाण्डौ विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसिएटिभ्सले जनाएको छ । यसको प्रयोग बढाउन सकेमा पेट्रोलियम पदार्थको आयात घट्ने र व्यापार घाटा पनि कम हुने विश्वास गरिएको छ । हाइड्रोजन ब्रह्माण्डमै सबैभन्दा प्रचुर मात्रामा पाइने रासायनिक तत्त्व हो ।

प्रचुर मात्रामा उपलब्ध भए पनि यो ग्यासकै रुपमा प्रयोग गर्न मिल्ने मात्रामा रहेको भने हुँदैन । यो पानीजस्तै मिश्रणको रुपमा रहेको हुन्छ । औद्योगिक विधिहरु प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web