राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने

पुस २९, २०८० मा प्रकाशित | 315 views


काठमाडौँ । राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको समिा तोकेको हो ।

आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।

उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्त गर्नुपर्नेछ । र, निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारहरुलाई आग्रह गरेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web