कोरोना सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन

पुस २५, २०८० मा प्रकाशित | 367 views

काठमाडौँ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन वान देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, प्रवेश विन्दुहरु, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिनुभएको हो ।

नेपालमा पहिलोपटक अस्ति ७ जनामा कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन वान पुष्टि भएको थियो । महाशाखाका निर्देशक डा मरासिनीका अनुसार अन्य भेरियन्टको तुलनामा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च छ । तर सङक्रमणबाट हुने जटिलता कम छ ।

सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन अर्थात् जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउनसमेत अनुरोध गरिएको छ । स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढ्न सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न, भिडभाड हुने ठाउँ, मेला, भोज, पार्टीमा सतर्कता अपनाउन पनि भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web