काठमाडौं, असार २७ । ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) प्रथम बीएमएस अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

टीआईएले मल्पीलाई ५९–२२ ले पराजित ग¥यो । टीआईएको जितमा अतुल थापाले १६ अंक योगदान गरे । मल्पी पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश ग¥यो ।

समूह ‘बी’ को लिग खेलमा एक्सेल्सियरले मेरिडियन इन्टरनेसनललाई ४०–२८ ले हराउदै समूह उपविजेताका हैसियतले सेमिफाइनलमा स्थान बनायो । विजयी टिमका लागि यश्वन्त गुरुङले २४ स्कोर गरे ।

सेमिफाइनलमा एक्सेल्सियरको भेट टीआईएसंग हुनेछ भने मल्पीले रुपिज इन्टरनेसनल स्कुल विरुद्ध खेल्नेछ । लिगको अर्को महत्वहीन खेलमा बाबाले आयोजक बौद्ध मेरिडियनलाई ५२–२० ले पन्छायो ।

22.12¡ÆC