राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

कार्तिक १४, २०८० 2023-10-31 मा प्रकाशित
Published at 2023-10-31

1679 views

काठमाडौँ । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको आज मङ्गलवार बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रियसभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधिसभामा जानेछ ।

राष्ट्रियसभाको अर्को बैठक पर्सि बिहीवार दिउँसाे १ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.