भारतसँग नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्ने

भदौ १८, २०८० मा प्रकाशित
Published at 2023-09-04

92 views

काठमाडौँ । एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । खेल अहिले सवा ३ बजे शुरु हुँदैछ ।

आजको खेलको बिजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउँने छ ।

नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् ।

नेपालले सन् २०१७ मा भने भारतको १९ वर्ष मुनिको टोलीसँग खेलेको थियो ।

समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् ।

उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो ।

समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ ।

पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । भारतको एक खेलमा एक अङ्क छ ।

एक खेल खेलेको नेपाल अङ्कविहीन छ । यसैबीच, भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले एसिया कप अन्तर्गत आज नेपालसंगको खेल गुमाउने भएका छन् ।

बुमराह व्यक्तिगत कारणले श्रीलंकाबाट भारत प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.