९५ प्रतिशत नागरिकमा राष्ट्रिय ग्रिडबाट विद्युतको पहुँच

भदौ १, २०८० मा प्रकाशित | 311 views

काठमाडौँ । देशका ९५ प्रतिशत नागरिकमा राष्ट्रिय ग्रिडबाट बिजुली बत्तीको पहुँच पुगेको छ । अहिले ५१ लाख ३० हजार ग्राहक पुगेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विद्युत् चुहावटलाई १३ दशमलव ४६ प्रतिशतमा कायम गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकउत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले देशलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन र गुणस्तरीय एवम् भरपर्दो विद्युत् सेवाका लागि प्राधिकरणको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणले निजी क्षेत्रबाट उत्पादित बिजुली खरिद गर्दै आएको बताउनुभएको छ । प्राधिकरणले गएको वर्ष १२ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ । पछिल्लो समय विद्युत् उत्पादन बढ्न थालेकाले अब खपत बढाउनुपर्ने र त्यसमा मुख्य गरी औद्योगिक खपत बढाउनेतर्फ जोड दिन आवश्यक रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web