उपराष्ट्रपति यादव साताव्यापी भ्रमणका लागि चीन प्रस्थान

साउन २९, २०८० मा प्रकाशित
Published at 2023-08-14

178 views

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव चीनको एक हप्ताे भ्रमणका लागि आज साेमवार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उपराष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधान एवम् रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाइ गर्नुभयो ।

चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ आयात निर्यात मेला’ मा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गर्नुभएको हाे । मेला यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुँदैछ ।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उहाँकी पत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.