मिटरब्याजसम्बन्धी २ हजार ५ सय २० वटा उजुरीमा मिलापत्र

साउन १५, २०८० मा प्रकाशित | 485 views

मिटरब्याजसम्बन्धी २ हजार ५ सय २० वटा उजुरीमा मिलापत्र

काठमाडौँ । मिटरब्याजसम्बन्धी घटनामा अहिलेसम्म विभिन्न ५५ जिल्लामा कुल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ । दर्ता भएका उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र भएको गृह मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले अहिलेसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कुल एक अर्ब २० करोड ४६ लाख २४ हजार आठ सय १२ रुपैयाँ कारोबार भएको उल्लेख छ । त्यही पीडितहरुमाथि साहुले भने दुई अर्ब २२ करोड २५ लाख ९२ हजार एक सय ९९ माग दाबी गरेको भेटिएको छ ।

त्यसमध्ये अहिलेसम्म ८४ करोड ३६ लाख ८३ हजार ३४ रुपैयाँ लेनदेन गर्ने गरी मिलापत्र भएको अधिकारीले बताउनुभयो । मिलापत्र गरेर कुल ७१ बिघा, १९ कठ्ठा, १० धुर जग्गा साहुबाट फिर्ता भएको पनि मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web