बाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा घट्यो

साउन १२, २०८० मा प्रकाशित | 323 views

काठमाडौँ । बाग्मती प्रदेशमा सार्वजनिक गाडीकाे भाडा घटेकाे छ । बाग्मती प्रदेश सरकारकाे श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीवार (हिजाे) देखि लागू हुने गरी सार्वजनिक गाडीकाे भाडा घटाएको हो ।

नेपाल आयल निगमले साउन १ गते पेट्रोलियम पदार्थकाे मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बाग्मती प्रदेशले भाडा समायाेजन गरेकाे हाे ।

नयाँ भाडादरअनुसार काठमाण्डाै उपत्यकाबाहिर चल्ने लामो दूरीका यात्रुवाहक गाडीकाे भाडा २ दशमलव ३० प्रतिशत र मालवाहक गाडीकाे भाडा ३ दशमलव १८ प्रतिशतले घटेको छ ।

अब काठमाण्डाै उपत्यकामा सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ, १० किलोमिटरसम्ममा २४ रुपैयाँ, १५ किलोमिटरसम्ममा २९ रुपैयाँ, २० किलोमिटरसम्ममा ३२ रुपैयाँ र २० किलोमिटरभन्दा बढीमा ३७ रुपैयाँ भाडा लाग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web