पूर्व–प्रशासक र हिरोइनलाई बाबुरामले साथ लिएपछि पार्टीमा गुटैगुट

असार २४, २०७३ मा प्रकाशित
Published at 2016-07-08

764 views

काठमाडौं,असार २४ ।  नयाँ शक्तिको नाममा खिचडी पार्टी बनाएका डा बाबुराम भट्टराई एकपछि अर्को गर्दै नराम्रो संकटमा फस्दै गएका छन् । कुनै पनि जनाधार नभएका, विगतमा लुटपाट गरेका र भ्रष्टाचार गरेका पूर्व–प्रशासकलाई साथ लिएर पूर्व माओवादीका नेता तथा कार्यकर्तालाई कुनै पनि साथ नदिएका भट्टराई उनीहरुकै कारण संकटमा फसेका हुन् । पूर्वप्रशासकहरु स्वार्थको लागि राजनीतिमा आएका हुन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीमा तान्ने तयारी गरेपछि गणेश राई, प्रविण मिश्र, रामेश्वर खनाल, हरेराम कोइराला जस्ता पूर्व–अधिकारी अख्तियबारबाट बच्न डा भट्टराईसँग लागेका हुन् । एक दिन पनि जनताको घरमा नबसेका र जनताको दुःख नदेखेका करिश्मा मानन्धर जस्ता हिरोइनलाई अगाडि बढाएका डा भट्टराईले देवेन्द्र पौडेल, कुमार पौडेल, नवराज सेवेदी गंगानारायण श्रेष्ठ जस्ता माओवादीका नेता तथा जनतामा स्थापितलाई पछाडि पारेका छन् । उनीहरु जनयुद्धका कमाण्डर समेत हुन् ।

तर आफ्ना पूर्व–सहकर्मीलाई विश्वासमा नलिने तर पूर्व–प्रशासकलाई विश्वासमा लिएको, उनीहरुलाई नै अगाडि बढाएको भन्दै देवेन्द्र पौडेलले डा. भट्टराई विरुद्ध कसरी अगाडि बढ्ने भन्दै पूर्व–माओवादीको भेला बोलाएका थिए । त्यसखालको भेला पटक–पटक आयोजना गरिएको स्रोतको दावी छ । भेलामा सहभागी पौडेल थरकै अर्का नयाँ शक्तिका नेताले भने डा भट्टराईले गरि खाँदैनन् भन्ने प्रचण्डको भनाई जायज देखिएको निष्कर्ष निकालिएको बताए । ती नेताकाअनुसार भट्टराई पूर्व–प्रशासकसँग बढी रमाउन थालेका छन् । रामेश्वर खनाल प्रिय भएका छन् । तर पछिल्लो कार्यविभाजनमा सहसंयोजकको पद मागेका मुमाराम खनाल पनि भट्टराईसँग रिसाएका छन् । रामचन्द्र झाजस्ता अवसरवादीले मौका पाउने हामीले नपाउने भन्दै मुमारामले भट्टराईलाई भरोसा गर्न नसकिने पात्रको रुपमा चित्रण गर्दै हिडेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.