भ्रष्टाचारविरूद्धको अनुसन्धान कुनै हालतमा रोकिन्न : प्रधानमन्त्री प्रचण्ड

असार १६, २०८० मा प्रकाशित | 613 views

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउनुभएको छ ।

आज पोखरामा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले कुनै पनि प्रभाव र दबाबमा भ्रष्टाचारविरुद्धका अनुसन्धान र कारबाही नरोकिने बताउनुभएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण, यसमा सरकार दृढताका साथ अगाडि बढेको र थप तीव्रताका साथ अघि बढ्ने प्रचण्डको दाबी छ । भ्रष्टाचार देशको विकराल समस्या बन्दै गएकोले यसलाई हटाउन आफूले निकै मेहेनत गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

अनुसन्धानमा प्रहरीलाई निष्पक्ष ढङ्गले काम गर्न दिइएको र आवश्यक सहजीकरण भइरहेको प्रचण्डले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले धराशायी हुने चिन्ताबाट अर्थतन्त्र लयमा फर्किएको बताउनुभयो । आफ्नो भारत भ्रमण निकै सफल भएको दाबी गर्दै प्रचण्डले छिटै चीन भ्रमण पनि हुने र त्यसको तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्दै यो गठबन्धनलाई कसैले तोड्न नसक्ने दाबी गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web