म्यागङ गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित

असार ११, २०८० मा प्रकाशित | 386 views

त्रिशूली । म्यागङ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित भएको छ ।

म्यागङ गाँउपालिकाको हिजो आइतबार आयोजित १२औ गाउँ अधिवेशनमा अध्यक्ष आशा तामाङ, उपाध्यक्ष सीता तामाङले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएकोमा सभाले सर्वसम्मत पारित गरेको हो ।

No description available.

म्यागङले आगामी आर्थिक वर्षका लागि ४२ करोड ४६ लाख रुपैयाँ हाराहारीको अनुमानित बजेट कार्यान्वयनको लागी तयार गरेको छ । आन्तरिक श्रोत मार्फत १ करोड ९० लाख, राजश्व बाँडफाँड मार्फत ८ करोड ४० लाख, संघीय अनुदान मार्फत २६ करोड, प्रदेश अनुदान मार्फत ६ करोड १५ लाख प्राप्त हुने अनुमान गरि ४२ करोड २६ लाखको बजेट विनियोजन गरिएको गाउपालिका अध्यक्ष आशा तामाङले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार गाउँपालिकाले शैक्षिक विकासको लागि यस वर्ष शैक्षिक वर्षको रूपमा लिएको जानकारी दिदै व्यवाहारिक, प्रबिधिमैत्री, जीवन उपयोगी सीप विकासमा जोड दिने भनिएको छ ।
म्यागङका अध्यक्ष आशा तामाङले २० वर्ष पूरा भएको र कक्षा १२ पास गरेर मात्र विवाह गरेकाहरूलाई प्रोत्साहन स्वरुप १० हजार दिने नितिलाई निरन्तरता दिने जानकारी दिनुभएको छ ।

म्यागङले सामाजिक विकास तर्फ २१ करोड ५५ लाख विनियोजन गरेको छ भने आर्थिक विकास तर्फ १ करोड ५५ लाख विनियोजन गरेको छ ।

यस्तै, पूर्वधार ११ करोड ४१ लाख र सुशासन तथा अन्तर सम्बन्धि क्षेत्र तर्फ ३८ लाख रूपैयाँ र कार्यालय संचालन तथा प्रशासनीक तर्फ ७ करोड ५६ लाख विनियोजन गरेको छ ।

म्यागङ गाउँपालिकाले व्यवसायिक कृषि तथा पशुपालनको लागि पकेट क्षेत्रनि धारणा र विकासको कार्यक्रम निरन्तरता दिने उपाध्यक्ष सीता तामाङले जानकारी दिनुभएको छ । यस्तै पालिकाले स्थानीय भाषा, भेषभुषा, धर्म सस्कृतिको बाजा, लोकभाका संरक्षण र समुदायको पुरातात्विक महत्वका थप वस्तुहरुको संरक्षणमा जोड दिने भनिएको छ ।

यस्तै, स्वास्थ्यतर्फ विगतमा ५८ प्रकारका औषधि निशुल्क वितरण गर्दै आएकोमा अब ९८ प्रकारका औषधिहरू निशुल्क प्रदान गर्ने नीति तयार गरेको भने साथै पालिका भित्रका स्वास्थ्य स्वंयम सेवीकाहरुलाई गाउपालिकाले निशुल्क स्वास्थ्य बीमा गरिदिने लगायतको आकर्षक पक्ष बजेटमा समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web