प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा ‘कष्टम हायरिङ सेन्टर’

असार ८, २०८० मा प्रकाशित | 338 views

थानसिंह । नुवाकोटको लिखु गाँउपालिका वडा नं. ६ थानसिंहमा किसानलाई सहुलियत शुल्कमा भाडामा कृषि यान्त्रिकरण उपलब्ध गराउनको लागी ‘कष्टम हायरिङ सेन्टर’को स्थापना भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नुवाकोटको आर्थिक तथा प्राविधिक सहयोगमा थानसिंह कृषि सहकारी सँस्था मार्फत थानसिंहमा बिहीबार ‘कष्टम हायरिङ सेन्टर’को सञ्चालन सुरु गरिएको हो ।
सेन्टरको लिखु गाँउपालिकाको अध्यक्ष धुव्र श्रेष्ठ र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नुवाकोटका प्रमुख कृष्णप्रसाद उपाध्यायले सयुक्त रुपमा गर्नुभएको हो । परियोजना कार्यान्वयन इकाई नुवाकोटले ५० प्रतिशत अनुदान उपलब्ध गराउदा करीब १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने सोही बराबरको रकम थानसिंह कृषि सहकारी सँस्थाको लगानी परेको छ ।

May be an image of 6 people, people smiling and text

करीब २० लाख रुपैयाँ लगानीमा स्थापना भएको केन्द्रमा सात थान पावर ट्रिलर, चार थान मिनी पावर ट्रिलर, एक थान धान रोप्ने मेसिन र १ थान धान काट्ने मेसिन राखिएको छ । परियोजना कार्यान्वयन इकाईले आधा रकम अनुदानमा उपलब्ध गराउदा भएको सम्झौता अनुसार थानसिंह कृषि सहकारी सँस्था मार्फत यन्त्रउपकरण भाडामा लगाउदा चलनचल्तीको शुल्कबाट कम्तिमा २० प्रतिशत छुट दिनुपर्ने भनिएको छ ।

सोही कारण थानसिंहमा स्थापना भएको ‘कष्टम हायरिङ सेन्टर मार्फत उक्त स्थानको आसपासका किसानले अबदेखि कृषि औजार उपकरण भाडामा प्रयोग गर्नको लागी सहुलियत शुल्कमा पाउने हुदाँ कृषि खेती प्रणालीको आधुनिकरण, व्यावसायिकरण, यन्त्रिकरण सहित कृषि लगानीको लागी शुल्क समेत कम लाग्ने हुदाँ किसानको आर्थिकस्तर बृद्धिमा परिवर्तन हुने लिखु गाँउपालिका अध्यक्ष धुव्र श्रेष्ठले बताउनुभयो ।

May be an image of 7 people and text
परियोजना कार्यान्वयन इकाईसंग भएको सम्झौता अनुसार किसानलाई सहुलियत शुल्कमा तोकिएको छुट सहितको सामाग्रिहरु उपलब्ध गराएर कृषि क्षेत्रको विकास, समृद्धि र परिवर्तनको लागी सक्रिय हुने थानसिंह कृषि सहकारी सँस्थाका अध्यक्ष दीपककुमार पन्तले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मार्फत चालु आर्थिक वर्षमा लिखु गाँउपालिका वडा नं. ६ थानसिह सहित बेलकोटगढी नगरपालिका वडा नं. १३ मा पनि ‘कष्टम हायरिङ सेन्टर’ स्थापना गर्न लागिएको छ ।

May be an image of all-terain vehicle and textMay be an image of text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web