नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता, मर्जर पश्चात पुँजी १ अर्ब ८ करोड पुग्ने

असार ७, २०८० मा प्रकाशित | 487 views

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता, मर्जर पश्चात पुँजी १ अर्ब ८ करोड पुग्ने

काठमाडौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय र समीट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता भएको छ ।

दुई कम्पनीले मर्जर प्रस्ताव सहितको सम्झौता भएको छ। मर्जरको अन्तिम सम्झौतामा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष केशवप्रसाद आचार्य र समीट लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्ष तिर्थराज ढकालले संयुक्त रुपमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यी दुई लघुवित्त मर्जर पश्चात बन्ने नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ ।

नेशनल माइक्रोफाइनान्सको १०० कित्ता सेयर बराबर समीट लघुवित्तको ७३ कित्ता सेयर हुने गरी स्वाप अनुपात तय भएको छ । मर्जर पश्चात संस्थाको नाम ‘नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लिमिटेड’ हुने र केन्द्रीय कार्यालय बनेपा रहने भएको छ ।

मर्जर पछि बन्ने नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लिमिटेड हालको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष केशवप्रसाद आचार्य रहने तथा प्रमुख कार्यकारी अधिकृतमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सिईओ रामबहादुर यादव रहने सहमती भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web