म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको ज्यान गयो

जेष्ठ २३, २०८० मा प्रकाशित | 298 views

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकाे नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन् ।

नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा साेमवार बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३० वर्षीया दानदेवी पाईजा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले बगाएर घाइते भएकी पाईजालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेनी अस्पताल म्याग्दीमा उपचारका लागि पठाइएको छ ।

म्याग्दीको उत्तरी क्षेत्रअन्तर्गत पर्ने रघुगंगाको पाखापानी क्षेत्रमा साेमवार दिउँसो ठूलाे पानी परेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web