टोखा–छहरे सुरुङमार्गको कार्य थालनी गर्न १ अर्ब, पासाङल्यामु राजमार्गको लागी ५० करोड रुपैयाँ

जेष्ठ १६, २०८० मा प्रकाशित
Published at 2023-05-30

243 views

त्रिशूली । संघीय सरकारले नुवाकोटको छहरेबाट सिधै काठमाडौको टोखामा पुग्न सक्ने गरेर छहरे–टोखा सुरुङमार्गको आगामी वर्ष काम थालनी गरिने भएको छ । बहुचर्चित रहेको छहरे–टोखा सुरुङमार्गको कार्य थालनीका लागी अर्थमन्त्री डा.प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट बक्तव्यमा १ अर्ब रुपैयाँ बजेट छुट्टाइएको छ ।

संघीय सरकार मातहतको निकायबाट कार्यदेश दिने गरेर काम सुरु गर्नको लागी तत्कालको लागी १ अब रुपैयाँ छुट्टाइएको र बहुवर्षिय योजनामा समावेश भएकाले अब निरन्तर काम थालनी हुने बजेट बक्तव्यमा भनिएको छ ।

यसैबीच, नुवाकोटको सडक तर्फको मुख्य मेरुदण्डको रुपमा रहेको पासाङल्यामु राजमार्गको जीर्ण बनेको संरचना निर्माणको लागी सरकारले तत्कालको लागी ५० करोड रुपैयाँ छुट्टाइएको छ । काठमाडौको तिनपिप्लेबाट ककनीको रानिपौवासम्म कालोपत्रे गर्नको लागी ५० करोड रुपैयाँ छुट्टाइएको छ ।

उक्त बजेटले आगामी आर्थिक वर्ष भित्रै तिनपिप्लेबाट ककनीको रानिपौवासम्म कालोपत्रे गरिने र अपुग बजेटको समेत व्यवस्था गरिने अर्थमन्त्री डा.प्रकाशशरण महतले आज सार्वजनिक गरेको बजेट बक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.