बामपन्थी नेता गणेश पण्डितको शालिक स्थापना

जेष्ठ १४, २०८० मा प्रकाशित | 327 views

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं.६ रामती स्थित दुप्चेश्वर माध्यमिक विद्यालयको प्राङगणमा बामपन्थी आन्दोलनका नेता तथा पूर्व सांसद् गणेश पण्डितको अर्धकदको शालिक स्थापना गरिएको छ । ‘गणेश पण्डित स्मृति केन्द्र परिवार’ले निर्माण गरेको शालिकको हिजो शनिबार प्रतिनिधि सभाको सभामुख देवराज घिमिरेले अनावरण गर्नुभएको हो ।

No description available.

मुलुकमा बहुदलीय व्यवस्थाको स्थापना र बामपन्थी आन्दोलनको अग्रणी व्यक्तिको रुपमा सबै पाटी, समुदाय सहित राष्ट्रको लागी महत्वपूर्ण योगदान पुराएको व्यक्तित्वको रुपमा नेकपा एमालेका नेता तथा पूर्वसांसद गणेश पण्डितको सभामुख देवराज घिमिरेले उच्च प्रशंसा गर्नुभयो

शालिक अनावरण कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेस सांसदहरुले गणेश पण्डितले पुराएको योगदानको चर्चा गर्दै उहाँले देखाएको मार्गदर्शनलाई पछ्याउदै आफूहरु अघि बढ्न प्रयासरत रहेको बताएका छन् ।

पारिवारिक सम्बन्ध अर्थात गणेश पण्डितको भाञ्जा समेत रहनुभएका संघीय सांसद् तथा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक विचारमा एकता नभएपनि जिल्लाको विकास, असल तथा इमान्दार राजनीतिज्ञ, शिक्षा प्रेमी तथा धार्मिक व्यक्तित्वको रुपमा उहाँले पुराएको योगदानको स्मरण गर्नुभयो ।

 

यस्तै, माओवादी केन्द्रको नेता तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले बामपन्थी नेता गणेश पण्डितले पुराएको योगदानलाई अनुसरण गर्दै अघि बढेकाले उहाँले पूरागर्न बाँकी रहेका विकास निर्माण लगायतका अभियानलाई आफूले अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

यस्तै, स्वर्गीय गणेश पण्डितले नुवाकोटको राजनीतिमा पुराएको योगदान अभिभावकत्व ग्रहण गर्न लायकको रहेकाले उहाँप्रति आफू सदैव प्रभावित रहदै आएको नेकपा माओवादी केन्द्रको नेता तथा प्रतिनिधिसभा सदस्य बिमला सुवेदीले बताउनुभएको छ ।

बामपन्थी नेता तथा पूर्वसांसद् गणेश पण्डितको जन्म २००३ साल साउन ३० गते भएको थियो भने २०७५ साल फागुन २१ गते ७२ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको थियो ।

No description available.

नुवाकोटको लागी मात्र नभई नेकपा एमाले र विशेष गरेर बामपन्थी आन्दोलनको अगुवा व्यक्तित्व गणेश पण्डितको योगदान शिक्षा, विकास निर्माण, धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुराउनुभएको थियो । नेकपा एमालेको नेता भएपनि जीवनको अन्तरालमा आइपुग्दा उहाँले सक्रिय राजनीतिबाट विश्राम लिनुभएको थियो ।

गणेश पण्डितको शालिक स्थापना कार्यक्रममा बागमति प्रदेससभा सदस्य राधिका तामाङ, काँग्रेस नेता तथा सभाषद् जगदिश्वरनरसिंह केसी, बरिष्ठ चिकित्सक डा.केदारनारसिंह केसी, पूर्वसांसद् तथा एमालेका नेताहरु नारायणप्रसाद खतिवडा, केशवराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web