नुवाकोटमा राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन आबेदन निःशुल्क भर्न सुरु

जेष्ठ २, २०८० मा प्रकाशित | 476 views

त्रिशूली । जिल्ला प्रशासन कार्यालय नुवाकोट मार्फत राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन आबेदन भर्नको लागी विदुर नगरपालिकाले निःशुल्क सेवा दिन सुरु भएको छ ।

हिजो सोमबार एक कार्यक्रमको बीच विदुरका नगरप्रमुख राजन श्रेष्ठले विदुरका उपप्रमुख प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत सरोकारवालाहरुको उपस्थितमा निःशुल्क सेवा शुभारम्भ भएको औपचारिक घोषणा गर्नुभएको हो ।

विदुर नगरपालिकाले निःशुल्क सेवा दिन थालेसगैँ सेवाग्राहीलाई उक्त सेवाको लाभ लिनको लागी नगरप्रमुख राजन श्रेष्ठले आग्रह गर्नुभएको छ । यसअघि राहदानी बनाउनको लागी ३०० रुपैयाँ र राष्ट्रिय परिचय पत्र बनाउनको लागी १०० रुपैयाँ शुल्क निजी क्षेत्रले लिदै आएकोमा अबदेखि विदुर नगरपालिकाले नुवाकोट प्रशासनमा सेवा लिन आउने सबैलाई निःशुल्क सेवा दिन सुरु गरेको हो ।

हिजो सोमबारदेखि जिल्ला प्रशासन कार्यालय नुवाकोट परिसरमा रहेको विदुर नगरपालिका मार्फत सञ्चालित आप्रवासी श्रोत केन्द्र (सामी)को सहायता कक्षबाट निःशुल्क फाराम भर्न सुरु गरिएको छ ।

यसअघि गएको बैशाख २५ गते विदुर नगरपालिकाको तर्फबाट नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत सरोकारवालाहरुबीच सहमति भए अनुुसार सेवा सञ्चालनमा ल्याइएको हो ।

निजी क्षेत्रबाट अनलाइन आवेदन फाराम भरे बापत राहदानीको लागी ३०० रुपैयाँ र राष्ट्रिय परिचय पत्रको लागी कम्तिमा १०० रुपैयाँ लिदै आएकोमा सेवाग्राहीले उक्त शुल्क तिर्न नपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट आवेदन दिन चाहेका सेवाग्राहीलाई विदुर नगरपालिका मार्फत खटाइएको जनशक्तिले निःशुल्क रुपमा राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फाराम भर्न थालिएको छ ।

त्यसको लागी आवश्यक जनशक्ति र उपकरणको व्यवस्था पनि विदुर नगरपालिकाले नै मिलालाएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ । निःशुल्क सेवा प्रवाह सहित राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फाराम भर्ने व्यवस्था सरल र सहज तथा त्रुटी रहित समेत बनाउने लक्ष्य भएकाले सोही अनुसार सेवा दिन लागिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web