कांग्रेसका ३ नेता बने मन्त्री

बैशाख २१, २०८० मा प्रकाशित
Published at 2023-05-04

369 views

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।

३ जना मन्त्री नियुक्तिसँगै मन्त्रिपरिषद २२ सदस्यीय भएको छ । तर अझै मन्त्रिपरिषदले पूर्णता पाएको छैन । अझै वन तथा वातावरण र खानेपानी मन्त्रालय खाली छ ।

२२ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ८ जना रहेका छन् । नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ५ मन्त्री र २ राज्यमन्त्री गरी ७ जना, जनता समाजवादी पार्टीबाट १ जना, नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री र १ राज्यमन्त्री गरी ३ जना, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीका १/१ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.