२४ घण्टामा १ सय ३ जनामा कोरोना सङ्क्रमण

बैशाख ७, २०८० मा प्रकाशित | 401 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय ४५ जनाको नमुना परीक्षण गर्दा एक सय तीन जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६१ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९७ जना पुगेको छ । अहिले काठमाण्डौ उपत्यकाका संस्थागत आइसोलेसनमा २९ जना, आईसीयूमा सात जना र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ ।

यस्तै २४ घण्टामा आठ हजार नाै सय ५८ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web