नुवाकोट उद्योग बाणिज्य संघको निर्वाचन कार्यतालिका प्रकाशित

बैशाख ४, २०८० 2023-04-17 मा प्रकाशित
Published at 2023-04-17

239 views

त्रिशूली । नुवाकोट उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागी निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । निर्वाचन अधिकृत सुरेन्द्रराज अधिकारीले हिजो आइतबार जारी गरेको निर्वाचन कार्यतालिका अनुसार संघको नयाँ नेतृत्व चयनको लागी यही बैशाख ९ गते निर्वाचन हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले हिजो आइतबार मतदाता नामावली प्रकाशन गरेको छ भने नामावली माथी दाबी बिरोधको समय बैशाख ६ गतेसम्मको लागी दिइएको छ । यस्तै, दाबी बिरोध माथीको छानबिन गरेर अन्तिम नामावली यही बैशाख ७ गते सार्वजनिक गरिने भएको छ । यही बीचमा उम्मेदवारहरुको मनोनयन पत्र दर्ता बैशाख ५ गते हुने त्यही दिन नै उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरिने भएको छ ।

यस्तै, बैशाख ६ गते उम्मेदवारहरुको नाममाथी दाबी बिरोधको समय दिइएको छ भने सोही दिन नै छानबिन प्रश्चात अन्तिम नामावली प्राकशन पनि ६ गते नै हुने भएको छ । यस्तै, ६ गते नै उम्मेदवारहरुले नाम फिर्ता लिनको लागी समय दिइएको छ भने त्यही दिन नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन अधिकृत सुरेन्द्रराज अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार यही बैशाख ८ गते साधारणसभा हुने र बन्द सत्र चल्ने भएको छ भने नयाँ नेतृत्व चयनको लागी बैशाख ९ गते इलम प्रशिक्षण केन्द्र विदुरमा निर्वाचनको मिति तोकिएको छ । गएको वर्षको चैत महिनामा नै अहिलेको नेतृत्वको समयअवधि पूरा भएकाले थप गरिएको एक वर्षको म्याद पनि सक्किएकाले नयाँ नेतृत्वको लागी अधिवेशन गर्नुनै पर्ने बाध्यतामा नुवाकोट उद्योग बाणिज्य संघ पुगेको हो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.