त्रिशूली । तेह्रौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने नुवाकोटका खेलाडी सहितको व्यवस्थापकीय समूहलाई बिदाई गरिएको छ ।
यही बैशाख ३ गतेदेखि काठमाडौमा हुन लागेको बागमति प्रदेसस्तरीय प्रतियोगिताको लागी यसअघि जिल्लास्तरीय प्रतियोगितााबाट छनोट गरिएका खेलाडीहरुलाई हिजो बिहीबार नुवाकोटबाट एक कार्यक्रमको बीच बागमति प्रदेससभा सदस्य तथा निवर्तमान उपसभामुख राधिका तामाङ सहितको जिल्लाको सरोकारावालाहरुले बिदाई गर्नुभएको हो ।
नुवाकोटबाट प्रतियोगितामा सहभागी हुन जाने खेलाडी, प्रशिक्षक, व्यवस्थापकहरुलाई उत्साहित भएर प्रदर्शन गरेर उत्कृष्ट हुनको लागी पूर्व कृषि विकास राज्यमन्त्री समेत रहनुभएका राधिका तामाङले आग्रह गर्नुभएको छ ।
विदुरमा आयोजित खेलाडी बिदाई कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोट प्रमुख रजिन्द्र बिक्रमसिंह ठकुरी, दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष शंकर थापा, विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटी, जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष सन्तोष राई, कार्यालयका प्रमुख सन्तोषी वैद्य लगायतको सहभागिता रहेको थियो ।
बैशाख ३ गतेदेखि राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल काठमाडौमा सञ्चालन हुने प्रतियोगिताको लागी नुवाकोटबाट विभिन्न ६ वटा विधामा ७८ जना खेलाडीहरु प्रतिस्पर्धाको लागी सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रदेसस्तरीय प्रतिस्पर्धाको लागी भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु र एथलेटिक्सको सबै विधामा महिला र पुरुषको सहभागिता जिल्ला खेलकुद विकास समिति नुवाकोटका कार्यालयका प्रमुख सन्तोषी वैद्यले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार प्रशिक्षकको रुपमा ६ वटै विधाबाट एक–एक जना र व्यवस्थापक तर्फ सबैविधाबाट एक–एक् जना गरेर नुवाकोटबाट खेलाडी, प्रशिक्षक र व्यवस्थापक समेत गरेर ९० जनाको समूह प्रदेसस्तरीय तेह्रौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्न काठमाडौ गएको हो ।
29.12¡ÆC