मकवानपुर । बागमती प्रदेश सरकारमा नेपाली काँग्रेसको तर्फबाट पार्टीको केन्द्रीय सदस्य तथा बागमति प्रदेस संसदीय दलको नेता बहादुरसिंह लामा तामाङको नेतृत्वमा दुई जना मन्त्रिपरिषद्मा सहभागी भएका छन् । नवनियुक्त मन्त्रीहरुले पद र गोपनीयताको हिजो आइतबार नै साँझ शपथ लिएर जिम्मेवारी बहन गर्न सुरु गरिसक्नुभएको छ ।
मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा बागमति प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त कांग्रेस केन्द्रीय सदस्य एंव बागमति प्रदेस संसदीय दलको नेता बहादुरसिंह लामा तामाङलाई आर्थिक मामिला तथा योजनामन्त्री र नेपाली काँग्रेस काभ्रेका सभापति समेत रहनुभएका प्रदेस सांसद् तीर्थ लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीको जिम्मेवारीमा सपथ ग्रहण गराउनुभएको हो । दुवै जना मन्त्रीहरुले आइतबार साँझ पद र गोपनीयताको शपथ लिएर मन्त्रालयमा पुगेर जिम्मेवारी बहन गर्न सुरु गरिसक्नुभएको छ ।
प्रदेसका मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । बागमति प्रदेसमा अझै पाच मन्त्रालय रिक्त रहेको छ ।
बागमती प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको संयुक्त गठबन्धनबाट मुख्यमन्त्री शालिकराम जमकट्टेले गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएर पुस २६ गते तीन सदस्य मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो ।
त्यसक्रममा आर्थिक मामिला तथा योजनामन्त्री नेकपा एमालेका जगन्नाथ थपलिया र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राप्रपाका उद्धव थापालाई दिइएको थियो ।
यस्तै, गएको माघ ४ गते विश्वासको मत पाएसँगै मुख्यमन्त्री मुख्यमन्त्री शालिकराम जमकट्टेलले एमाले र राप्रपाको गरी थप तीनजना मन्त्री नियुक्त गर्नुभएको थियो ।
तर, गएको फागुन १३ गते बागमती सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएर त्यही दिन राप्रपाका तर्फबाट मन्त्री बनेका तीनैजनाले पदबाट राजीनामा दिएदेखि नै रिक्त रहेको मन्त्रालयको जिम्मेवारी पूरा गर्ने क्रममा अहिलेको सरकारमा नेपाली काँग्रेसको प्रवेसको क्रममा पार्टीको केन्द्रीय सदस्य तथा बागमति प्रदेस संसदीय दलको नेता बहादुरसिंह लामा तामाङको नेतृत्वमा हिजो आइतबार दुई जना मन्त्रिपरिषद्मा सहभागी हुनुभएको हो ।
18.12¡ÆC