रवि लामिछानेविरुद्धका उजुरी खारेज, उम्मेदवारी कायमै

चैत्र २२, २०७९ मा प्रकाशित | 392 views

काठमाडौँ । आउँदो वैशाख १० गते हुने उपचुनावका लागि चितवन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन वटै उजुरी खारेज भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेविरुद्धका उजुरी खारेज गरेर उहाँको उम्मेदवारी कायमै राखेको हो ।

युवराज पौडेल सफलको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको र बाँकी ३ वटा निवेदन उपर आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनुभयो ।

नेपाली नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा लामिछानेविरुद्ध उजुरी परेका थिए । तनहुँको क्षेत्र नम्बर १ र बाराको क्षेत्र नम्बर २ मा भने उम्मेदवारविरुद्ध उजुरी परेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web