२४ घण्टामा ९८ जनामा कोरोना पुष्टि

चैत्र २२, २०७९ मा प्रकाशित | 355 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी एक हजार ७ सय ६८ जनाको नमुना परीक्षण गर्दा ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप २८ जना निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय २२ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web