रसुवा अस्पताल धुञ्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने

चैत्र २०, २०७९ मा प्रकाशित | 465 views

धुञ्चे । रसुवा अस्पताल धुञ्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने भएको छ । त्यसका लागि अस्पतालले डाक्टरको व्यवस्था गरेको र अब छिट्टै यो सेवा सुरु हुने बताइएको छ ।

प्रसुती सेवा सुरु भएपछि गम्भीर प्रकृतिका शल्यक्रिया गर्नुपर्ने बाहेकको अवस्थामा सुत्केरी गराउन नुवाकोट वा काठमाडौँ नै लैजानपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले स्थानीय स्तरमै नियमित गर्भ परीक्षण र शल्यक्रिया सेवा दिन तयारीका सुरु गरिएको बताउनुभएको छ ।

सुरक्षित प्रसूति सेवाका लागि दक्ष चिकित्सकको व्यवस्था भइसकेको र आवश्यक उपकरण धुञ्चे पुगेको उहाँको भनाइ रहेको छ । शल्यक्रियाका लागि पूर्वाधार जडान भइरहेको अस्पतालले जनाएको छ । प्रसूति सेवाका लागि निक्स साइमन इन्स्टिच्युट (एन.एस.ईं) ले चिकित्सक सहित आवश्यक उपकरण उपलब्ध गराउदै आएको छ । साथै बिरामीको समस्या पत्ता लगाई उपचार सेवा प्रभावकारी बनाउन अल्ट्रासाउन्ड एवं डिजिटल एक्सरे समेत सञ्चालनमा ल्याएको अस्पतालका सूचना अधिकारी कृपा विसुङ्खे जानकारी दिनुभएको छ ।

उहाँको अनुसार १५ शैया क्षमताको जिल्ला अस्पतालमा बढ्दो बिरामीको चाप धान्न अस्पताल प्रशासनले सम्बन्धित मन्त्रालय तथा विभागसँग थप स्वास्थ्यकर्मी समेत माग गर्दै आइरहेको छ । धुञ्चे अस्पतालमा गएको साउनदेखि फागुनसम्म ३ हजार ५०० ले बहिरङ सेवा अर्थात ओपिडीमा आएर चिकित्सकसंग जाँच गराएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web