निःशुल्क स्वास्थ्य शिविरमा दुईसय भन्दा बढीले जाँच गराए, शिविरमा आउन नसक्नेलाई घरघरमै पुगेर परीक्षण

बधुसिंह । नुवाकोट,तारकेश्वर गाउँपालिका वडा नं. ४ बुधसिंहमा चैत १८ गते शनिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । ४ नंं वडा कार्यालयको आयोजना तथा सोही वडाका वडासदस्य रामकाजी (स्वर्णीम) थापाको विशेष पहलमा गरिएको निशुल्क स्वास्थ्य शिविरमा दुईसय भन्दा बढीले सेवा लिएका छन् ।
बेमौसमी बर्षाको बाबजुत पनि शिविरमा २०० भन्दा धेरै बिरामी भएका तथा स्वास्थ्यमा समस्या देखिएकाहरुले लाभ लिएका छन् । शिविरमा उपस्थित हुन नसकेका बिरामीलाइ घर घरमा समेत डाक्टर पुगेर चेकजाँचको सुविधा उपलब्ध गराइएको वडासदस्य स्वर्णीम थापाले जानकारी दिनुभयो ।

उहाँको अनुसार अहिलेको गर्मीयामको समय र निरन्तरको मौसमी बदलीको कारण देखिएका विभिन्न प्रकोपका रोगहरुको पहिचान र रोग नियन्त्रणको लागी स्वास्थ्य शिविर सहित शिविरमा आउन नसक्ने ज्येष्ठ नागरिकहरुको घर आँगनमा नै डाक्टर सहितको सुबिधा पाउँदा निकै खुसी लागेको लाभग्राही स्थानीयबासीले बताएका छन् ।

विगतमा पनि थुर्पै सामाजिक काम गर्दै आएका रामकाजी स्वर्णीम थापा सदस्यमा निर्वाचित भएको एक बर्षमै गरिएको तथा सम्पन्न भएको जनमुखी काम प्रति स्थानीयबासी निकै खुसी हुदै यस्तै थप जनउत्तरदायी भएर सेवा पुराउनको लागी वडाबासीले सुझाब दिएका छन् ।

No description available.

उक्त शिविरलाइ लक्ष्मि सपोर्ट फाउन्डेसनले सहयोग पुराएको गरेको थियो भने शबिनिबारको दिन पनि आफ्नो व्यक्तिगत कामलाइ थाति राख्दै वडाध्यक्ष हरिवहादुर पौडेल सहित वडाका निर्वाचित जनप्रतिनिधि, कर्मचारी सहितको सामाजिक व्यक्तिहरुले शिविर सञ्चालनमा सहयोग पुराएका थिए ।

स्वास्थ्य शिविरमा जाँच गराउन आएका बिरामीहरुको लागी अत्यावश्यक रहेका औषधिहरु निःशुल्क समेत उपलबध गराइएको थियो ।

नेदरल्याण्डबाट आएका लक्ष्मि सपोर्ट फाउन्डेसनका प्रतिनिधिले पनि ग्रामीण क्षेत्रमा आएर सेवा पुराउन पाउदा निकै खुसी लागेको बताउदै आगामी दिनमा पनि थप सहयोगको कार्यक्रम सञ्चालनमा इच्छा जाहेर गरेका छन् ।

स्वास्थ्य शिविरमा पुराइएको सेवा सम्बन्धि थप तस्वीरहरु :

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

May be an image of 4 people, people standing and outdoors

May be an image of 2 people and people sitting

May be an image of 3 people, people sitting, people standing and indoor

May be an image of 2 people, people sitting and indoor

May be an image of 1 person

May be an image of 4 people

प्रतिक्रिया

TOP