नुवाकोटमा नेकपा (बहुमत) को सिङ्गो टिम विप्लव नेतृत्वको नेकपामा समाहित

चैत्र ११, २०७९ मा प्रकाशित | 534 views

त्रिशूली । नेपाल कम्युनिष्ट पाटी (बहुमत)को नुवाकोट सेक्रेटरी शंकर सहितको जिल्ला कार्यसमिति विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पाटीमा समाहित भएको छ ।

विदुरमा शनिबार आयोजित धुव्रिकरण तथा समाहित कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी (बहुमत)को नुवाकोट सेक्रेटरी शंकर सहित उक्त पाटीको युवा संगठनको नुवाकोट इञ्चार्ज बासु, पाटीको जिल्ला कमिटीका सदस्यहरु लक्ष्मण, महेन्द्र, कृष्णहरी र आकाश नेकपामा समाहित भएको हो ।

यो सगैँ यसअघि नेकपाबाट फुटेर नेकपा बहुमतको नामबाट राजनीति गतिविधि सञ्चालन गर्दै आएकाहरुको नुवाकोट जिल्लाको नेता तथा कार्यकर्ता पुनः नेकपामा समाहित भएको हो ।

No description available.

यस्तै, यसअघि नेकपा माओवादी केन्द्रबाट राजनीतिक गर्दै आएका नुवाकोटको सूर्यगढी गाँउपालिका वडा नं. १ का राजु तामाङ सहित सुवास तामाङ, सानुकान्छा तामाङ, जयराम तामाङ पनि नेकपा प्रवेश गरेका छन् ।

यस्तै, नेकपा एमाले निकट अनेरास्ववियुमा आबद्ध बिमला तामाङ नेकपा निकट अखिल क्रान्तिकारी विप्लवमा आबद्ध हुनुभएको छ ।

पाटी धुर्विकरण तथा समाहित कार्यक्रममा विभिन्न पाटी छाडेर नेकपा प्रवेश गर्नेहरुलाई नेकपा नेकपाको पोलिटव्युरो सदस्य तथा ताम्सालिङ ब्युरो इञ्चार्ज आजाद, नुवाकोट इञ्चार्ज निर्देश, नुवाकोट सेक्रेटरी बसन्त, धादिङ सेक्रेटरी सिर्जन, नेकपाको युवा संगठनको कार्यालय सचिव तथा उपत्यका इञ्चार्ज अनिल, युवा संगठनको ब्युरो इञ्चार्ज संगम लगायतले टिका र खादा लगाएर पाटीमा स्वागत गर्नुभएको थियो ।

No description available.
उहाँहरुलाई नेकपा र नेकपा निकट जनवर्गिय संगठनमा आबद्ध गराएपनि पाटीको तर्फबाट जिम्मेवारी प्रदान गर्न बाँकी रहेकाले यसअघिको पदीय जिम्मेवारी, क्षमता, दक्षता सहित पाटीको आवश्यकताको आधारमा जिम्मेवारी सुम्पने नेकपाको पोलिटब्युरो इञ्चार्ज आजादले बताउनुभएको छ ।

No description available.
नेकपाको नुवाकोट सेक्रेटरी बसन्तले एउटै लक्ष्य राखेर फरक फरक अभियानमा जोडिएका तथा विचार र दृष्टिकोण एउटै भएका राजनीतिक अभियानमा संलग्नहरुलाई पाटी प्रवेश गराउदै बैज्ञानिक समाजवाद निर्माणको अभियानमा जोड दिएको बताउनुभएको छ ।

No description available.
कार्यक्रमको स्वागत मन्तव्य नेकपाको जिल्ला कमिटी सदस्य बादले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन मेघेन्द्र न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रमसंग सम्बन्धित थप तस्बिरहरु :

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web