नुवाकोटको दुई क्याम्पसको स्ववियुमा गठबन्धनको प्यानल नै बिजयी

चैत्र ६, २०७९ मा प्रकाशित | 477 views

त्रिशूली । त्रिभुवन विश्व विद्यालय (त्रिवि) अन्तरगत रहेको नुवाकोटका दुई ठूलो क्याम्पसमा भएको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवारको अध्यक्षतामा रहेको सयुक्त गठबन्धनको प्यानल बिजयी भएको छ ।
आइतबार भएको निर्वाचनको आज सोमबार सम्पन्न मत गणनाको अन्तिम नतिजामा नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टार र त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस त्रिशूली दुवैमा नेविसंघ र अखिल क्रान्तिकारीको सयुक्त गठबन्धनको प्यानल बिजयी भएको हो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा गठबन्धनको तर्फबाट अध्यक्षमा नेविसंघका उम्मेदवार रबिन दाहालले तीनसय ४१ मत ल्याएर बिजयी हुनुभयो । उहाँको प्रत्यासी स्वतन्त्र समूहका उम्मेदवार रिजन प्रधानले एकसय ७३, अनेरास्ववियुका फैसल दिनले एकसय ६७ र अखिल क्रान्तिकारी (विप्लव)का मिलन तामाङले ६ मत प्राप्त गर्नुभयो ।

पदाधिकारी र सदस्यहरुमा पनि सयुक्त गठबन्धनको प्यानलका उम्मेदवारहरु बिजयी भएको प्रमुख निर्वाचन अधिकृत सरोज बोगटीले जानकारी दिनुभयो । उहाँको अनुसार सचिवमा राजेन्द्र पनेरु, कोषाध्यक्षमा मनोज पौडेल बिजयी भएका छन् । सदस्यहरुमा अश्विन रिमाल, सन्तोष पन्त, सुप्रिया पौडेल, जनक भट्ट, अस्मिता पौडेल, सञ्जिता रिमाल र प्रदिप ढुङ्गाना निर्वाचित हुनुभयो । उक्त क्याम्पसमा कुल विद्यार्थी मतदाता एक हजार एकसय ४३ जना रहेकोमा सातसय ४१ जनाले मतदान गरेका थिए ।

May be an image of ‎10 people, beard, people standing and ‎text that says '‎उत्कृष्ठ शिक्षालय नुवाकोट आदर्श बहुमुखि कलेज हाम्रो अभियान।। नेतृत्वदायी स्ववियुको लागि सयुक्त प्यानलका उम्मेदवारलाई मतदान।। चैत्र VOTE! राजेन्द्र पनेरु सचिव पदका उस्मेदवार मनोज पौडेल कोषाध्यक्ष पदका उम्मेदवार अश्वन रिमाल सदस्य सन्तोष पन्त ব সলল ת र सदस्य રા रविन दाहाल सभापति पदका उम्मेदवार सुप्रिया पौडेल सदस्य सन्जिता रिमाल सदस्य अस्मिता पौडेल जनक भट्ट प्रदिप दुड्डाना सदस्य सदस्य सदस्य समान, सर्वसुलभ र गुणस्तरीय प्राविधिक शिक्षा हाम्रो अभियान।‎'‎‎

No description available.No description available.

यस्तै, नुवाकोटको त्रिशूलीमा रहेको त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसमा पनि नेविसंघ र अखिल क्रान्तिकारीको सयुक्त गठबन्धनको प्यानल बिजयी भएको छ । अध्यक्षमा नेविसंघका उम्मेदवार किरण मग्राती एकसय ४७ मत ल्याएर बिजयी हुनुभयो । उहाँको प्रत्यासी अखिल क्रान्तिकारी (विप्लव)संगको समर्थनमा अनेरास्ववियुका उम्मेदवार समिर तामाङले ८३ मत ल्याउनुभयो ।

उक्त क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको सयुक्त गठबन्धनको प्यानल नै बिजयी भएको छ । सचिवमा रिसाल तामाङ, कोषाध्यक्षमा उर्मिला तामाङ, सदस्यहरुमा सन्तोषी सुर्खेती, अशोक अधिकारी, सजना खाती र तुलसा अधिकारी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले जानकारी दिनुभयो ।

May be an image of 8 people, people standing and text

नुवाकोटमा त्रिविको सन्बन्धन प्राप्त डेढदर्जन क्याम्पस तथा कलेज मध्ये दुई क्याम्पसमा निर्वाचन मार्फत स्ववियु चुनाव गरिएको हो भने बाँकीमा विद्यार्थी सङ्ख्या दुईसय भन्दाकम भएकाले सहमतिमा स्ववियु काउन्सिल गठन गरिएको तथा गर्ने प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web