पञ्चकन्यामा ४२ जनाको दृष्टि फर्काइयो

चैत्र १, २०७९ मा प्रकाशित | 718 views

त्रिशूली । नुवाकोटको पञ्चकन्या गाँउपालिकामा आयोजित निःशुल्क मोतियाबिन्दु शिविरमा ४२ जनाको शल्यक्रिया गरिएको छ ।

यसअघि विभिन्न समयमा पहिचान भएका बिरामीहरुलाई पञ्चकन्या गाउँपलिका र P Robinhood foundation, USA को अर्थिक सहयोग तथा दृष्टि आँखा केन्द्र कलंकीको प्राविधिक सहयोगमा गरिएको निःशुल्क मोतियाबिन्दु भएका बिरामीको शिविरमा दृष्टि गुमाएका ४२ जनाको पुनः ज्योती फर्काउन सफल भएको हो ।

दुई दिनसम्म चलेको शल्यक्रिया शिविरमा दृष्टि आँखा केन्द्र कलंकीबाट आउनुभएका वरिष्ठ आँखा रोग तथा फेको सर्जन डा. भाईराजा श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको संलग्नता रहेको थियो ।

No description available.
निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर पञ्चकन्या गाँउपालिकाको वडा न. १, २ र ५ तथा वडा नं ३ र ४ को लागी फरक फरक मितिमा सप्तकन्या नमूना आधारभूत विद्यालय घलेभञ्यामा आयोजना गरिएको थियो ।

May be an image of 1 person and text that says 'पत्चकन्या गा.पा. वडा नि:शुल्क मोतिबिन्दु शल्यक्रिया शिविर लागि २०७९ फागुन २५ पत्चकन्या गा.पा. वडा लागि २०७९ फागुन २६ गते स्थान: श्री सप्तकन्या नमुना आ.वि., घलेभन्ज्ययाड नुवाकोट प्राविधिक सहयोग दृष्टि आँखा केन्द्र कलंकी 9801239898 01-5224352 DRISHTI S S आर्थिक सहयोग: robinhood Foundation, USA आयोजक: पत्चकन्या गाउपालिका लाकुरीभन्ज्याड, नुवाकोट'

मोतियाबिन्दु भएका बिरामीको लागी यसअघि गाँउ छाडेर अन्यत्र गएर उपचार गराउनुपर्ने बाध्यताको कारण लामो समयदेखि रोग लागेर पनि उपचारबाट बञ्चित भएकाहरुलाई सेवा पुराउन गाँउपालिकाले गाउमै शिविर सञ्चालनमा ल्याएकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने गाँउपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले जानकारी दिनुभयो ।

No description available.

No description available.

No description available.

No description available.No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web