आठौँ शताब्दीको बुद्धको मूर्ति चोरी

फाल्गुन २९, २०७९ मा प्रकाशित | 326 views

काठमाडौँ । ललितपुरको चापागाउँमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुई वटा मूर्ति चोरी भएको छ ।

चापागाउँमा रहेको पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको त्यहाँका श्रीधर श्रेष्ठले जानकारी दिनुभयो ।

चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि गएको १७ गते पनि मूर्ति चोरी भएको थियो । चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ ।

बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा त्यहाँका नागरिकले भेट्टाएका हुन् ।

यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web