काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिकाे लागि उम्मेदवारी दर्ता गर्नुभएकाे छ । यसअघि जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गरिसक्नुभएकाे छ ।
प्रमिला यादवको प्रस्तावकमा रञ्जू झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहनुभएको छ भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिस सुमन रहनुभएको छ ।
यस्तै, रामसहायप्रसाद यादवकाे प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी हुनुहुन्छ । यस्तै समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहनुभएको छ ।
संविधानको धारा ३८ काे उपधारा ४ मा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । त्यसैले जसपाबाट रामसहायप्रसाद यादवसँगै प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
19.12¡ÆC