जनमत पार्टीबाट उपराष्ट्रपति पदमा ममता झाको उम्मेदवारी दर्ता

फाल्गुन २७, २०७९ मा प्रकाशित | 552 views

काठमाडौँ । जनमत पार्टीकाे तर्फबाट नेता ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । १० दलीय सत्ता गठबन्धनबाट उहाँले उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको हो ।

उहाँको प्रश्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहनुभएको छ भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहनुभएको छ । सत्तापक्षकै जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै नेकपा एमालेबाट उपराष्ट्रपति पदकाे लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web