त्रिशूली । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा नुवाकोटको १६ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सँस्थाको जिल्ला सभापति निरनमान डंगोल सभाध्यक्षतामा यही शनिबार भएको कार्यक्रममा संस्थाका उप–सभापति दिवाकर शर्मा रिमालले संस्थागत बार्षिक र भावि कार्य योजनाको प्रतिवेदन र संस्थाका कोषाध्यक्ष शर्मिला श्रेष्ठले संस्थाको आय/व्यय र पेश गर्नुभएको छ ।
क्षयरोग निवारण गर्ने उद्देश्यले सक्रिय रहेको सँस्थाले गर्दै आइरहेको कार्यमा अहिले ६२ जना आजिवन सदस्य र १० साधारण सदस्यहरु आबद्ध रहेको जिल्ला सचिव शर्मिला थापामगरले जानकारी दिनुभएको छ । उहाँको अनुसार क्षयरोग निवारण गर्ने उद्देस्यका साथ निरन्तर रुपमा काम गरिरहेको संस्थाले विद्यालय स्तरमा जुनियर नाटा गठन गरि विद्यालय र समुदाय स्तरमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरि कार्य गरिरहेको छ ।
कार्यक्रममा नेपाल समाजवादी पाटी (नेसपा) नुवाकोटको अध्यक्ष तथा नुवाकोटका युवा समाजसेवी भगवान रानामगरले संस्थाले जिल्लामा विविध कार्य गरिरहेको भएपनि पालिका र वडाहरुसंग समन्वय गरि अझ बढि विस्तारित रुपमा कार्य गरि जिल्लालाई क्षयरोग मुक्त जिल्ला बनाउनको लागी गरिरहेको प्रयासलाई सफल बनाउन सुझाब दिनुभएको छ ।
यसैगरि विद्यालय स्तरमा नेपाल क्षयरोग निवारण संस्थाले कार्य गरि विद्यालयस्तरबाट क्षयरोग निवारण सम्बन्धित जनचेतना जगाउन अझ धेरै सहज हुने भएकाले विद्यालयतहमा लक्षित कार्यक्रम सञ्चालन गर्नको लागी सँस्थाको आजिवन सदस्य मुकुन्दप्रसाद रिजालले सुझाब दिनुभएको छ ।
23.22¡ÆC